२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनएमबि बैंकका ग्राहकलाई भारतकाे मेदान्ता अस्पतालमा विशेष छुट


सञ्चार डबली
  • सोमबार, जेठ ४ २०८३
  • 2.4K
    SHARES

  • images
    एनएमबि बैंकका ग्राहकलाई भारतकाे  मेदान्ता अस्पतालमा विशेष छुट

    काठमाडाैँ / एनएमबि बैंकका ग्राहकले भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि मेदांता अस्पतालसँग स्वास्थ्य सेवा छुटसम्बन्धी सहकार्य गरेको हो ।

    यस सहकार्यअन्तर्गत ग्राहकहरूले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

    एनएमबि बैंकले ग्राहकहरूको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको जनाएको छ ।

    थप जानकारीका लागि ग्राहकहरूले एनएमबि बैंकको ग्राहक सेवा नम्बर ०१–५९७०१५० मा सम्पर्क गर्न वा call@nmb.com.np मा इमेल गर्न सक्नेछन्।

    हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend