२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आईसीसी क्रिकेट विश्वकप लिग–२ : स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो


सञ्चार डबली
  • सोमबार, जेठ ४ २०८३
  • 7.4K
    SHARES

  • images
    आईसीसी क्रिकेट विश्वकप लिग–२ : स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो

    काठमाडौं – शीर्षस्थानको स्कटल्यान्डलाई ६ विकेटले स्तब्ध बनाउँदै नेपाल आइसीसी विश्व कप लिग २ को अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। साथै नेपालले पहिलो खेलमा भोगेको हारको बदला लिन पनि नेपाल सफल रह्यो।

    आजको जितमा स्टार लेग स्पिनर सन्दीप लामिछानेको विश्व कीर्तिमान, रोहित पौडेल र इशान पाण्डेको सतकीय साझेदारीसँगै दुवैको अर्धशतक प्रमुख रह्यो।

    जितको लागि १ सय ९५ रनको लक्ष्य ३८.१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ५८ रनको साझेदारी गर्दै सन्तोषजनक सुरुवात दिलाए। आशिफ २९ रन जोडेर रन आउट भए लगत्तै कुशल पनि २८ रनमा पबिलियन फर्किए।

    यसपछि इशान र रोहितले ७.२ ओभर देखि २९.५ ओभरसम्म तेस्रो विकेटको लागि १ सय ४ रनको शतकीय साझेदारी गर्दै नेपालको जितलाई सहज बनाए।

    रोहितले पनि अर्धशतक बनाए। ७६ बलमा २ चौका र १ छक्का सहित १२ औं ओडिआई अर्धशतकको सफलता प्राप्त गरे। उपकप्तान दीपेन्द्र भने २ रनमा आउट भए।

    बलिङमा स्कटल्यान्डका खेलाडीहरूको प्रदर्शन फितलो रह्यो। मार्क वाटले १० ओभरमा १ मेडन सहित ५८ रन दिएर २ विकेट लिए। ब्रान्डन मकमलेनले १ विकेट झारे।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ३९.१ओभर ओभरमा सबै विकेट गुमाएर १ सय ९४ रनमा समेटियो।स्कटल्याण्डका ओपनर फिन्ले म्याक क्रेथ ६ रनमा दीपेन्द्रको बलमा एलबिडब्लु आउट भए। पहिलो विकेटको नोक्सानीमा १८ रन बनाएको थियो। यसपछि जर्ज मुन्सी र ब्रान्डन मकमलेनले दोस्रो विकेटको लागि ५३ रनको साझेदारी गरे।

    यसपछि क्रिजमा जमेका मकमलेनलाई सन्दीपले इशान पाण्डेद्वारा क्याच आउट गराउँदै विश्व रेकर्ड कायम गरे। उनी विश्व एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने खेलाडी बने।

    उनले अष्ट्रेलियन मिचेल स्टार्सको नाममा रहेको रेकर्ड तोडेका हुन्। मिचेलले सन् २०१९ को विश्व कपमा वेस्ट इन्डिज विरुद्धको खेलमा ७७ खेलमा १ सय ५० विकेटको कीर्तिमान बनाएका थिए। सन्दीपले ७३ खेल खेल्दै ७१ इनिङ्समा १ सय ५० विकेट लिंदै स्टार्सको रेकर्ड तोडे।

    बलिङमा ललितले उत्कृष्ट कमब्याक गरे। उनले ८ ओभरमा ३२ रन दिएर ४ विकेट लिए। सन्दीपले १० ओभरमा ४७ बल दिंदै ३ विकेट लिए।

    लिग २ मा स्कटल्यान्डको यो नवौं हार हो। ३८ अंक सहित शीर्षस्थानमा रहँदा नेपाल २२ अंक सहित पाँचौं स्थानमा उक्लियो। नेपाल र नामिबियाको समान २२ अंक भएपनि नेपाल रन रेटको आधारमा अगाडि छ।

    बुधबार स्कटल्यान्ड र अमेरिकाबीच खेल हुनेछ। सिरिजको अन्तिम खेल शुक्रबार नेपाल र अमेरिकाबीच हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend