२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रधानमन्त्री बालेन्द्र शाहले भोलि संसदमा जवाफ दिने


सञ्चार डबली
  • बुधबार, वैशाख ३० २०८३
  • 3.5K
    SHARES

  • images
    प्रधानमन्त्री बालेन्द्र शाहले भोलि संसदमा जवाफ दिने

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु हुनुपर्ने छलफल प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिका कारण बुधबार दिनभर अवरुद्ध बनेको छ। विपक्षी दलले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान लिएपछि तीन पटक बसेको बैठक निष्कर्षविहीन बनेको हो।

    प्रधानमन्त्री शाहले आफू उपस्थित हुन नसक्ने जानकारी गराउँदै अर्थमन्त्री स्वर्णिम वाग्ले लाई नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गराउने जिम्मा दिएका थिए। तर विपक्षी दलले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिविना छलफल अघि बढ्न नसक्ने अडान कायम राखेका थिए।

    यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी भने विपक्षीको उक्त अडानमा सहमत देखिएन। दलहरूबीच सहमति जुट्न नसक्दा बुधबारका तीनवटै बैठकमा नीति तथा कार्यक्रममाथिको औपचारिक छलफल सुरु हुन सकेन।

    पछि सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ अनुसार वैशाख ३१ गते प्रधानमन्त्री वा उनले तोकेको मन्त्रीले जवाफ दिने गरी दिन तोकिएको जानकारी गराए।

    नियमावलीअनुसार प्रधानमन्त्री अनुपस्थित भए अर्को मन्त्रीले पनि सरकारको तर्फबाट प्रस्ताव प्रस्तुत गर्न र छलफलको जवाफ दिन सक्ने व्यवस्था रहेको छ। सभामुख अर्यालका अनुसार नीति तथा कार्यक्रममाथि हालसम्म ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend