२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राष्ट्रवादी केन्द्र नेपालले वित्तीय आतंकविरुद्ध आमहड्ताल गर्ने


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 8.2K
    SHARES

  • राष्ट्रवादी केन्द्र नेपालले वित्तीय आतंकविरुद्ध आमहड्ताल गर्ने


    काठमाडौं वैशाख ६ गते । राष्ट्रवादी केन्द्र नेपालले वित्तीय आतंकविरुद्ध शान्तिपूर्ण भद्र अवज्ञा आन्दोलनको रुपमा आमहड्ताल गर्ने भएको छ । वर्तमान वित्तीय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्नेलगायतका सम्बोधन गर्न सरकार तयार नभएकाले ११ वैशाखबाट आमहड्ताल गर्न लागेको राष्ट्रवादी केन्द्रका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिएका छन् ।

    उनका अनुसार सरकारलाई आफ्नो माग पूरा गर्न वैशाख १० गते सम्मको समयसीमा दिएको भए पनि हालसम्म सम्बोधन गर्न कुनै तयारी नगरेकाले आमहड्तालको तयारीलाई तिव्रता दिइएको हो । नागरिकलाई शोषण गरेर नेता पाल्ने व्यवस्थाको अन्त्यबिना आर्थिक संकटको समाधान नहुने भन्दै उनले यसका विरुद्ध पनि जनता सडकमा उत्रिने चेतावनी दिएका छन् ।

    वर्तमान वित्तिय नीति परिवर्तन गरी कर्जाको ब्याजदर प्रतिशत कायम गर्नुपर्ने, कालोसूच र लिलामी प्रक्रियामा अगाडि बढाइएका ऋणीहरुलाई समय थप गरी पेशा÷व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने, यातायात क्षेत्र, उद्योगि व्यवसायी क्षेत्रमा सरकारद्धारा आर्थिक तथा व्यवसायीक रुपमा गरिएका सम्पूर्ण ज्यादतीहरुको अन्त्य गर्नुपर्ने, किसान, श्रमिक, युवा, विद्यार्थी, सुकुम्वासी, स्थानीय जनसमुदायका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने, जनतामाथि आर्थिक बोझ बनेको प्रदेश सरकार खारेज गनुपर्ने, वैदिक सनातन धार्मिक राष्ट्र कायम गर्नुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क रोजगारको ग्यारेण्टीसहित महङ्गी र भ्रष्ट्राचारको अन्त्य गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिन लागेको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रवादी केन्द्र नेपाल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend