२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

संवैधानिक परिषदले गरेको प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट


सञ्चार डबली
  • शुक्रबार, वैशाख २५ २०८३
  • 2.7K
    SHARES

  • संवैधानिक परिषदले गरेको प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट

    काठमाडौँ । प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले शुक्रबार सर्वोच्चमा रिट दिएका हुन्। रिट दर्ता भइसकेको छैन।  

    प्रधानन्यायाधीशमा चौथो नम्बरको न्यायाधीश डा.मनोजकुमार शर्मालाई सिफारिस गरिनु संविधानको शक्तिपृथकीकरणको सिद्धान्त विपरीत भएको र यसले स्वतन्त्र न्यायपालिका ध्वस्त हुने दाबी सहित निर्णय खारेज गर्न र  एक नम्बरमा रहेकी कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको अधिवक्ता सिलवालले जानकारी दिए।

    संवैधानिक परिषद्ले बिहीबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो।

    न्याय परिषदको निर्णयमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भिष्मराज आङ्देम्बेले नोट अफ डिसेन्ट लेखेका थिए।उक्त निर्णयमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले पनि विरोध जनाएका छन्। सामाजिक सञ्जालहरूमा पनि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend