२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

काठमाडौँ मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला सहयोग


सञ्चार डबली
  • शुक्रबार, वैशाख २५ २०८३
  • 2.9K
    SHARES

  • काठमाडौँ मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला सहयोग

    काठमाडौँ / काठमाडौँ मेरियट होटलले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको एक सरकारी विद्यालयलाई पूर्ण रूपमा सुसज्जित विज्ञान प्रयोगशाला तथा विद्यार्थीहरूका लागि लन्च बक्स सहयोग गरेको छ ।

    एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको होटलले कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालय का विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त सहयोग प्रदान गरेको हो ।

    विद्यालय परिसरमा आयोजित कार्यक्रममा एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले विद्यालय प्रशासनलाई विज्ञान प्रयोगशाला हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा काठमाडौँ मेरियट होटलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    होटलका अनुसार आवश्यक विज्ञान सामग्रीसहितको प्रयोगशालाले विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइमार्फत विज्ञान विषयलाई व्यवहारिक रूपमा बुझ्न सहयोग पुग्नेछ । यसले विद्यार्थीहरूमा जिज्ञासा वृद्धि गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    त्यसैगरी विद्यार्थीहरूको दैनिक उपयोगलाई ध्यानमा राख्दै लन्च बक्स पनि वितरण गरिएको होटलले जनाएको छ । कार्यक्रममा बोल्दै काठमाडौँ मेरियट होटलका अध्यक्ष शशी कान्त अग्रवालले समुदायप्रति योगदान गर्नु होटलको मूल मान्यतामध्ये एक रहेको बताए । उनले शिक्षा समृद्ध समाजको आधार भएकाले प्रत्येक बालबालिकाले सिकाइका लागि आवश्यक अवसर र साधन पाउनुपर्ने उल्लेख गरे ।

    विद्यालय व्यवस्थापनले होटलको सहयोगले आगामी दिनमा विद्यार्थीहरूको सिकाइ प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । काठमाडौँ मेरियट होटलले समुदायको उत्थानका लागि आगामी दिनमा पनि विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सकारात्मक योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend