२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

१५ दिनदेखि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा, कहाँ पुग्यो गुरुङको छानबिन ?


सञ्चार डबली
  • बिहीबार , वैशाख २४ २०८३
  • 3.2K
    SHARES

  • images
    १५ दिनदेखि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा, कहाँ पुग्यो गुरुङको छानबिन ?

    काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आफैँले राखेका छन् ।   गुरुङले राजीनामा दिएको १५ दिन बितिसक्दा पनि नयाँ नियुक्ति प्रक्रिया अगाडि बढेको छैन । बिचौलिया दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा चौतर्फी प्रश्न उठेपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए, तर उनीमाथि लागेका आरोपबारे छानबिन गर्न सरकार र उनको पार्टी रास्वपाले कुनै अग्रसरता देखाएको छैन ।

    वैशाख २० गते बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकमा पनि यस विषयमा कुनै छलफल नभएको प्रवक्ता मनिष झाले जिकिर गरे । वैशाख २८ गते संसद् बैठक आह्वान भएकाले छानबिन समिति गठनबारे छलफल हुन सक्ने झाको भनाइ छ ।

    यसअघि रास्वपा अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले गुरुङको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि नबढेको बताएका थिए । गुरुङले राजीनामा नदिँदै वैशाख ७ गते केन्द्रीय समितिको बैठकको निर्णय कुरेर बसेको आयोगले स्पष्ट जबाफ नआएपछि छानबिन प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

    स्रोतका अनुसार गृह मन्त्रालयको जिम्मेवारीमा पार्टी सभापति रवि लामिछानेले आफ्नो निकटकालाई पठाउन चाहेका छन् । गुरुङले राजीनामा दिएकै बेला गृहमन्त्री बन्नका लागि महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, सचिवालय सदस्य दीपक बोहराले दाबी गरेका थिए । तर प्रधानमन्त्री शाह गृह मन्त्रालयको जिम्मेवारी अरुलाई दिन सकारात्मक देखिएका छैनन् । गुरुङमाथि लागेको आरोपमाथि छानबिन भई सफाइ पाएर फर्किने सम्भावना बलियो बन्दै गएको स्रोतको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend