२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना नेतृत्वको ८ सदस्यीय टोली रुस प्रस्थान


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 8.7K
    SHARES

  • राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना नेतृत्वको ८ सदस्यीय टोली रुस प्रस्थान

    काठमाडौं वैशाख ६ गते ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधी मण्डल आज रुस प्रस्थान गरेको छ । रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाको टोली औपचारिक भ्रमणका क्रममा आज बिहान रुस प्रस्थान गरेको हो ।

    अध्यक्ष तिमिल्सिना नेतृत्वको संसदीय टोलीमा राष्ट्रिय सभाका सदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह तथा संघीय संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र स्वकीय सचिव उदय तिमिल्सिना रहनु भएको छ। भ्रमण टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि रुसी राजदुत अलेक्सेइ नोभिकोभ र संघीय संसदका महासचिव डा। भरतराज गौतमले बिदाई गरेका थिए । 

    भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसी उपल्लो सदनका अध्यक्ष मत्भिएन्को र स्टेट डुमाका अध्यक्ष भ्याचेस्लाभ भलोदिनसँग द्विपक्षीय वार्ता गर्नेछन् । यस बाहेक रुसी सरकारका पदाधिकारीहरु, प्रान्तीय सभाका अध्यक्ष र प्रान्तीय सरकारका पदाधिकारीहरुसँग पनि भेटघाट र संवाद गर्नेछन् ।  

    अध्यक्ष तिमिल्सनाले रुसमा बसोबास गर्ने नेपाली डायस्पोरा र मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनका बिद्यार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । रुस प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणले नेपाल र रुसका बिचको सम्बन्धलाई अझै प्रगाढ बनाउने तथा भ्रमण फलदायी हुने  बिश्वास ब्यक्त गरेका छन् । 

    आज रुस प्रस्थान गरेको संसदीय प्रतिनिधी मण्डलमा राष्ट्रिय सभाकासदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह तथा संघीय संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र अध्यक्षका स्वकीय सचिव उदय तिमिल्सिना रहेका छन् । अध्यक्ष तिमिल्सिना सहितको प्रतिनिधि टोली रुसको भ्रमण पूरा गरि १२ वैशाख बैषाख नेपाल फर्किने कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # अध्यक्ष तिमिल्सिना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend