२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

संवैधानिक परिषद्‌मा नयाँ नियम: ४ जनाले बैठक, ३ जनाले निर्णय गर्ने


सञ्चार डबली
  • मंगलबार, वैशाख २२ २०८३
  • 2.3K
    SHARES

  • संवैधानिक परिषद्‌मा नयाँ नियम: ४ जनाले बैठक, ३ जनाले निर्णय गर्ने

    काठमाडौं । राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएसँगै अबदेखि संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्या चार भए पनि पुग्ने भएको छ । 

    अर्थात् ६ जनाको संवैधानिक परिषद् बैठक बस्न चार जना भए पनि हुने भएको हो । त्यस्तै परिषद् बैठकले कुनै पनि निर्णय गर्दा ३ जनाको बहुमत भए निर्णय गर्न मिल्नेछ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले एक पटक फिर्ता पठाएको उक्त अध्यादेश सरकारले सोमबार पुन राष्ट्रपतिलाई पठाएको थियो । सोही अध्यादेश मंगलबार जारी भएको हो । 

    ‘संवैधानिक परिषद्मा ६ जना नै बहाल हुने तर ४ जना भएमा गणपूरक सङ्ख्या मानिने र बहुमत नभएर बराबरी भएमा प्रधानमन्त्रीले जता मत दिन्छ त्यतैको बहुमत हुने र निर्णय गर्न सकिने व्यवस्था छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले राष्ट्रपतिज्यूलाई सन्देश पठाउनु भएर यसअघि विधेयक फिर्ता पठाउँदाको विषयलाई ध्यानमा राखेर पहिला बहाल जति रहे पनि हुने व्यवस्थालाई परिवर्तन गरेर बहाल भने ६ जना नै हुनुपर्ने राखिएको हो ।’  

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend