२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पोखरास्थित भाटभटेनी सुपर स्टोर सोमबार देखि पुनः सञ्चालनमा


सञ्चार डबली
  • मंगलबार, वैशाख २२ २०८३
  • 2.3K
    SHARES

  • पोखरास्थित भाटभटेनी  सुपर स्टोर सोमबार देखि पुनः सञ्चालनमा

    काठमाडौं । भाटभटेनीको पोखरा स्टोर पुनः सञ्चालनमा आएको छ । भदौ २४ मा भएको जेनजी विद्रोहका क्रममा आगजनी गरेर पूर्णरुपमा ध्वस्त पारिएको भाटभटेनीको पोखरास्थित स्टोर आजैदेखि दैनिक रूपमा बिहान १०:०० बजे देखि नियमित सञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले जानकारी दिनुभयो ।

    bbsmpokhara-(3)-1777868103.jpeg
    undefined

    भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगजनीले ध्वस्त भएको भवन पुनःनिर्माण गरेर पुरानै अवस्थामा सञ्चालनमा ल्याइएको जानकारी दिए । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता सहित विधिवत् रुपमा आजैदेखि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

    यसअघि कोटेश्वर, महाराजगन्ज र चितवनस्थित स्टोर पनि पुनः सञ्चालनमा ल्याइएको थियो । भदौ २४ मा भएको आगजनीका क्रममा भाटभटेनीका दर्जन बढी स्टोरमा आगजनी र लुटपाट गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend