२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना


सञ्चार डबली
  • मंगलबार, वैशाख २२ २०८३
  • 2.1K
    SHARES

  • आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना छ । मंगलबार मध्यमसम्मको वर्षाको सम्भावना छ । सोमबार भने केही स्थानमा भारी वर्षा भएको थियो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ ।  कोसी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

    विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ । 

    कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend