२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

दोस्रो ओडिआईमा भारतमाथि वेस्ट इन्डिजको सानदार जित


सञ्चार डबली
  • आइतबार, साउन १४ २०८०
  • 9.8K
    SHARES

  • images
    दोस्रो ओडिआईमा भारतमाथि वेस्ट इन्डिजको सानदार जित

    काठमाडौं । घरेलु टोली वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा भारतमाथि सानदार जित दर्ता गरेको छ । वेस्ट इन्डिजले भारतमाथि ६ विकेटको सानदार जित हात पारेर तीन खेलको ओडिआई सिरिज १-१ को बराबरीमा पुर्याएको छ ।


    भारतले दिएको १ सय ८२ रनको लक्ष्य वेस्टइन्डिजले ३६ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा कप्तान शाई होप ८० बलमा २ चौका र २ छक्कासहित अविजित ६३ रनको अर्धशतकीय ईनिङ खेले । केसी कार्टी ६५ बलमा ४ चौकासहित ४८ रनमा अविजित रहे । वेस्टइन्डिजलाई ओपनर ब्रेन्डन किंग र कायल मेयर्सले ५० बलमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। मेयर्सले २८ बलमा ४ चौका र २ छक्कासहित ३६ तथा किंग २३ बलमा १५ रन बनाए । 

    भारतका शार्दुल ठाकुरले ३ तथा कुलदिप यादवले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङकोगरेको भारत ४० दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो। भारतका ओपनर ईशान किशनले ५५ बलमा ६ चौका र १ छक्कासहित ५५ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । अर्का ओपनर शुभमन गिल ४९ बलमा ५ चौकासहित ३४ रनमा आउट भए । 

    वेस्टइन्डिजको जितमा रोमारियो शेफर्ड र गुडाकेश मोतीले समान ३र३ विकेट लिए । अल्जारी जोशेफले २ तथा जयडेन सिल्स र यानिक कारियाहले समान १र१ विकेट लिए ।

    तेस्रो तथा निर्णयक ओडीआई खेल मंगलबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend