२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनआईसी एशिया बैंकद्वारा विद्यालयमा खानेपानी ट्यांकी र पम्प सहयोग


सञ्चार डबली
  • शनिबार, वैशाख १९ २०८३
  • 2.9K
    SHARES

  • images
    एनआईसी एशिया बैंकद्वारा विद्यालयमा खानेपानी ट्यांकी र पम्प सहयोग

    कैलाली / एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावरी नगरपालिका–५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प सहयोग गरेको छ।

    विद्यार्थीहरूलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यसहित प्रदान गरिएको उक्त सामग्रीले विद्यालयको स्वास्थ्य तथा शैक्षिक वातावरण सुधारमा सहयोग पुग्ने बैंकले जनाएको छ।

    एक औपचारिक कार्यक्रमकाबीच सर्कल हेड–धनगढीका दिपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरेका थिए । 

    बैंकका अनुसार यस पहलले विद्यार्थीहरूको दैनिक जीवनमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नुका साथै स्वस्थ विद्यालय वातावरण निर्माणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend