२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सीजी मोटर्सले ल्यायाे ब्लेड ब्याट्रीसहित किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान, मूल्य कति ?


सञ्चार डबली
  • मंगलबार, वैशाख १५ २०८३
  • 2.2K
    SHARES

  • images
    सीजी मोटर्सले ल्यायाे ब्लेड ब्याट्रीसहित किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान, मूल्य कति ?

    काठमाडौँ / सीजी मोटर्सले अत्याधुनिक प्रविधियुक्त किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ। व्यवसायिक विद्युतीय सवारी साधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षासहित उक्त भ्यान बजारमा ल्याइएको हो।

    लन्च कार्यक्रममा वडा नं. ३ का अध्यक्ष प्रेम थापाले रिबन काटेर उद्घाटन गरेका थिए।

    नयाँ भ्यानमा ७५.४१ kWh क्षमताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन यस सेग्मेन्टमै पहिलो रहेको कम्पनीले जनाएको छ। उक्त ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र राम्रो रेंज प्रदान गर्ने बताइएको छ। साथै १२० किलोवाट क्षमताको मोटरले सशक्त प्रदर्शन सुनिश्चित गर्नेछ भने फराकिलो र आरामदायी इन्टेरियरले यात्रुलाई सहज यात्रा अनुभव दिनेछ।

    King Long कम्पनी सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको हो र बस तथा कमर्शियल सवारी उत्पादनमा अन्तर्राष्ट्रिय बजारमा स्थापित ब्रान्ड मानिन्छ।

    कम्पनीका अनुसार नेपालमा इको–फ्रेन्डली र किफायती यातायात समाधानको माग बढ्दै गएकाले उक्त भ्यान ल्याइएको हो। हालसम्म किंग लङ्गले नेपालभर ५ हजारभन्दा बढी युनिट बिक्री, २६० भन्दा बढी चार्जिङ स्टेशन, २० भन्दा बढी सर्भिस सेन्टर र १४ डिलर नेटवर्कमार्फत सेवा दिँदै आएको छ।

    नयाँ भ्यानको प्रारम्भिक मूल्य ७२ लाख ५० हजार रुपैयाँ तोकिएको छ, जसले विशेषगरी यातायात व्यवसायी र फ्लीट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend