२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 गृहमन्त्री सुधन गुरुङको बढ्यो दौडधुप, सभापति लामिछाने भेट्न बुढानीलकण्ठ पुगे


सञ्चार डबली
  • सोमबार, वैशाख ७ २०८३
  • 2.3K
    SHARES

  •  गृहमन्त्री सुधन गुरुङको बढ्यो दौडधुप, सभापति लामिछाने भेट्न बुढानीलकण्ठ पुगे

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । गुरुङ सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको खुलेसँगै उनी प्रश्नको घेरामा छन् । यहीबिचमा उनले सोमबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका हुन् । उनी लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास  पुगेको स्रोतले पुष्टि गरेको छ । 

    गोरखा–१ बाट निर्वाचित सांसद रहेका उनी चैत १३ गते गृहमन्त्री बनेका थिए । गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र उच्च नेताबिच छलफल भएपछि उनको दौडधुप बढेको छ ।

     उनलाई कारबाही गर्नेरनगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताइएको छ ।  कारबाहीको सम्बन्धमा पार्टी अनुशासन आयोगले पनि आन्तरिक गृहकार्य थालेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend