२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बाइक-स्कुटर साटेर टियागो इभी चढ्ने अवसर, ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज कार्यक्रम सुरु


सञ्चार डबली
  • शुक्रबार, वैशाख ४ २०८३
  • 2.1K
    SHARES

  • images
    बाइक-स्कुटर साटेर टियागो इभी चढ्ने अवसर, ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज कार्यक्रम सुरु

    काठमाडौं- नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै टाटा मोटर्सले “स्विच टु टियागो इभी” नामक विशेष एक्सचेन्ज कार्यक्रम सञ्चालनमा ल्याएको छ। यस कार्यक्रमअन्तर्गत ग्राहकहरूले पुराना स्कुटर तथा सवारीसाधन साटेर टाटा टियागो इभी खरिद गर्न सक्नेछन्।

    टाटा मोटर्सले सार्वजनिक गरेको यस योजनामार्फत विद्युतीय सवारी अपनाउन चाहने उपभोक्तालाई सहज, आकर्षक मूल्य र एक्सचेन्ज सुविधा प्रदान गर्ने उद्देश्य राखिएको छ। कम्पनीका अनुसार यो कार्यक्रम सीमित अवधिका लागि देशभरका आधिकारिक टाटा मोटर्स शोरूमहरूमा उपलब्ध हुनेछ।

    कार्यक्रमअन्तर्गत ग्राहकले आफ्नो पुरानो स्कुटर वा सवारीसाधनको मूल्यांकन गरी सोहीअनुसार टियागो इभी खरिदमा छुट तथा विशेष सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, विभिन्न वित्तीय संस्थामार्फत फाइनान्स सुविधा समेत उपलब्ध हुने जनाइएको छ।

    यस योजना विशेषगरी पेट्रोलियम इन्धनमा निर्भरता घटाउँदै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो। टाटा टियागो इभी आधुनिक डिजाइन, उन्नत सुरक्षा फिचर र दीर्घ ब्याट्री रेञ्जका कारण उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ।

    कम्पनीले यो एक्सचेन्ज अफर सीमित समयका लागि मात्र लागू हुने भएकाले इच्छुक ग्राहकहरूलाई नजिकको आधिकारिक शोरूममा सम्पर्क गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend