काठमाडौं, बैशाख ६ गते । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसअघि मंगलबार स्थिर रहेको सुन आज ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ।
आज चाँदीको तोला १५ रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि मंगलबारचाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।



