२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रधानमन्त्री थ्री नेसन्स कप – उपाधिका लागि नेपाल र लाओस भिड्दै


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 11.2K
    SHARES

  • प्रधानमन्त्री थ्री नेसन्स कप – उपाधिका लागि नेपाल र लाओस भिड्दै

    काठमाडौं – घरेलु टोली नेपाल र लाओसको राष्ट्रिय टोलीले आज (शुक्रबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल साँझ ५ः३० बजेपछि हुनेछ । समूह चरणपछि शीर्ष दुई टोलीबीचको यो उपाधि भिडन्त अनौपचारिक मैत्रीपूर्ण मात्रै हुनेछ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सिमित अवधिमा तोकिएको खेललाई मात्रै आधिकारिकता दिने गर्दछ ।

    फिफाले हरेक वर्ष ६ देखि ७ पटक ‘फिफा डे’ अर्थात् अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा प्रतियोगिताका लागि मिति छुट्याउने गरेको छ । विश्वभर नै लागु हुने नियम अनुसार यसपटक २०–२८ मार्चलाई फिफा डे तोकिएको थियो । यसबीचमा हरेक राष्ट्रले अधिकतम २ खेल खेल्न पाउने प्रावधान रहेको थियो ।

    नेपालले यसपटक ३ देशको सिनियर टोलीलाई नै थ्री नेसन्स कपमा सहभागी गराएको थियो । त्यसैले समूह चरणका तीनै खेलले अधिकारिक अन्तर्राष्ट्रिय खेलको मान्यता पाए । तर फाइनल खेलका लागि भने फिफा डे को मिति र अधिकतम २ खेल पनि सकिएका कारण फाइनल खेल ‘अनौपचारिक मैत्रीपूर्ण’ मात्र हुने भएको हो ।

    लाओसविरुद्ध मिडफिल्डर पुजन उपरकोटी र फरवार्ड अन्जन विष्ट टोलीमा हुनेछैनन् । यसको प्रभाव टोलीमा पर्नेछ । तर, नेपालसँग दीपक राज सिंह ठकुरी, एरिक विष्ट, नवयुग श्रेष्ठ, भरत खवास, आयुष घलान, रोहित चन्द ठकुरी, विकास खवास, मणि कुमार लामा, कमल थापा र कप्तान तथा गोलरक्षक किरण चेम्जोङ टोलीमा रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend