२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आईपीएलमा चेन्नईको पहिलो जित


सञ्चार डबली
  • आइतबार, चैत २९ २०८२
  • 2.2K
    SHARES

  • images
    आईपीएलमा चेन्नईको पहिलो जित

    काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ। लगातार तीन हार व्यहोरेको चेन्नईले शनिबार सम्पन्न आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो।

    चेन्नईले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि दक्षिण अफ्रिकी ब्याटर ट्रिस्टन स्टब्सले ३८ बलमा ६० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्। ओपनर पाथुम निस्सान्काले ४१ रनको योगदान दिए।

    दिल्लीलाई रोक्ने क्रममा चेन्नईका जेमी ओभरटनले ४ र अंशुल काम्बोजले ३ विकेट लिए। यसअघि दिल्लीका कप्तान अक्षर पटेलले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१२ रनको विशाल योगफल तयार पारेको थियो। चेन्नईका लागि सञ्जु सामसनले ११५ रनको विष्फोटक अविजित शतकीय इनिङ्स खेले । दिल्लीको जितमा आयुष म्हात्रेले ५९ रनको अर्धशतकीय योगदान महत्त्वपूर्ण रहयो।

    आईपीएल तालिकामा दिल्ली चार खेलमा एक जित निकाल्दा दुई अंकसहित नवौं स्थानमा छ । समान चार खेलमा दुई हार र दुई जित निकालेको दिल्ली चार अंकका साथ चौथो स्थानमा छ ।

    आईपीएल तालिकामा अपराजित राजस्थान चार खेलमा आठ अंक जोड्दै शीर्ष स्थानमा छ । पञ्जाब चार खेलमा सात अंकसहित दोस्रो स्थानमा छ भने आरसीबी तीन खेल खेल्दा चार अंकसहित तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend