२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रतिनिधि सभाबाट एकल र संयुक्त समितिमा सदस्यहरू मनोनयन


सञ्चार डबली
  • शुक्रबार, चैत २७ २०८२
  • 2.0K
    SHARES

  • प्रतिनिधि सभाबाट एकल र संयुक्त समितिमा सदस्यहरू मनोनयन

    काठमाडौं । प्रतिनिधि सभामा संघीय संसद्का संयुक्त र एकल समितिमा सदस्यहरू मनोनयन गरेको छ । सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको सभामा सदस्यहरूको नाम पढेर सुनाएका थिए । ती नामलाई सभाले अनुमोदन गरेको हो । 

    सभामुख अर्यालले संसदीय सुनुवाइ समिति (संयुक्त), र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)का लागि प्रतिनिधि सभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको नाम घोषणा गरे । ती नामलाई सभाले अनुमोदन गर्‍यो । 

    त्यस्तै प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिमा सदस्यहरू मनोनयन गरिएको हो । 

    प्रतिनिधि सभामा एकल १० र संयुक्त २ समिति छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend