२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय 


सञ्चार डबली
  • बिहीबार , चैत २६ २०८२
  • 2.6K
    SHARES

  • ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय 

     काठमाडौं ।  केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो । सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । 

    भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार काठमाडौँ जिल्ला अदालतबाट थप भएको तेस्रो म्याद बुधवारसम्म मात्रै थियो ।

    सर्वोच्च अदालतका न्यायाधीशद्ववय विनोद शर्मा र सुनिल कुमार पोखरेलले उनीहरूलाई चैत २५ भन्दा पछि हिरासत मुक्त गर्न आदेश गरेका थिए । चैत २१ गतेबाट लागु हुने गरी काठमाडौँ जिल्ला अदालतले तेस्रो पटक ५ दिनको म्याद दिएको थियो । सो अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने र नचल्ने निर्णय भएमा सोही अनुसार गर्न र सो हुन नसके तत्पश्चात् उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पुरा गरेर हिरासत मुक्त गरेर गरेर थप अनुसन्धान तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो । 

    मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । जेनजी प्रदर्शनमा काठमाडौँमा बानेश्वरमा प्रहरीको गोलीबाट किशोरहरूको मृत्यु हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए । स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो । लेखकलाई प्रहरीले महाराजगञ्ज स्थित सशस्त्र प्रहरी नम्बर–२ गणमा थुनेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend