२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 आज काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जादै गृहमन्त्री सुधन गुरुङ


सञ्चार डबली
  • मंगलबार, चैत २४ २०८२
  • 3.9K
    SHARES

  •  आज काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जादै गृहमन्त्री सुधन गुरुङ

    काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने भएका छन् ।  वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि आज गुरुङले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् । 

    निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने बताइएको छ ।  

    बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा गुरुङले सम्बन्धित निकायलाई निर्देशन दिने तयारी छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend