२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने


सञ्चार डबली
  • सोमबार, चैत २३ २०८२
  • 3.5K
    SHARES

  • आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने

    काठमाडौं । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन् ।

    यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । जाडोयाम (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सन्चालन हुन्थ्यो ।

    मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ ।

    सरकारी कार्यालय बिहान ९ देखि स्झ ५ बजे सञ्चालन गर्ने यो पहिलो निर्णय भने होइन । यसअघि १ जेठ, २०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म कार्यालय खुल्ने अभ्यास गराएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend