काठमाडौं। विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बाट सरकारले करिब २८ अर्ब रूपैयाँ बराबर सहुलियत ऋण लिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एडीबीबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर गरी ९० मिलियन डलर सहुलियत ऋण स्वीकार गर्ने सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यो रकम कुल रकम करिब साढे १३ अर्ब रूपैयाँ हुन्छ।
यस्तै दिगो, समावेशी वित्त परियोजना अन्तरगत विश्व बैंकबाट ९५ मिलियन डलर (१४ अर्बभन्दा बढी) ऋण लिने मन्त्रिपरिषदको निर्णय छ । अर्थमन्त्रालयको प्रस्तावमा दुवै निर्णय भएका हुन् ।

