२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राष्ट्रिय सभामा दलहरूबिच उपाध्यक्ष र समिति भागबन्डा, कुन दलले के पाए ?


सञ्चार डबली
  • आइतबार, चैत २२ २०८२
  • 3.6K
    SHARES

  • राष्ट्रिय सभामा दलहरूबिच उपाध्यक्ष र समिति भागबन्डा, कुन दलले के पाए ?

    काठमाडौं । राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष र समितिहरू दलहरूले आपसी सहमतिमा भागबन्डा गरेका छन् । 

    राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले ४ समितिमध्ये २ समिति कांग्रेस, १ समिति नेपाली कम्युनिस्ट पार्टी र एक समिति मधेसवादी दललाई दिने सहमति बनेको जानकारी दिएका छन् । 

    आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेसवादी दलहरूको बैठकले त्यस्तो सहमति गरेको हो । एमालेलाई भने राष्ट्रिय सभाको उपाध्यक्ष दिने सहमति बनेको छ । रोकायका अनुसार कांग्रेसले आर्थिक मामिला तथा सुशासन समिति र विधायन समितिको सभापति लिने भएको छ ।

    नेपाली कम्युनिस्ट पार्टीले संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति लिने छ भने मधेसवादी दलहरूले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति लिने भएका छन् ।राष्ट्रिय सभामा कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७, नेकपा एमालेका १०, जनता समाजवादी पार्टी नेपालका ३, राष्ट्रिय जनमोर्चाका १ र मनोनीत २ सांसद रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend