काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
गत शुक्रबार सभामुख पदमा उम्मेदवारले मनोनयन गर्ने तालिका थियो । त्यसदिन अर्यालको मात्रै उम्मेदवारी परेको हो ।आज बसेको सभाको बैठकमा सभामुखको निर्वाचनको मिति तय भएके थियो । त्यसअनुसार अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा भएका हुन् ।
त्यसैगरी । सभामुख अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् ।शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।

