२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आईपीएल २०२६ : रोहित र रिकेल्टनको विस्फोटक ब्याटिङमा मुम्बईको विजयी सुरुआत


सञ्चार डबली
  • सोमबार, चैत १६ २०८२
  • 3.1K
    SHARES

  • आईपीएल २०२६ :  रोहित र रिकेल्टनको विस्फोटक ब्याटिङमा मुम्बईको विजयी सुरुआत

    काठमाडौं । पाँच पटकको विजेता मुम्बई इन्डियन्सले आईपीएल २०२६ मा विजयी सुरुआत गरेको छ । यो जितसँगै मुम्बईले  दुई अंक जोडेको छ । 

    आइतबार मुम्बईले प्रतियोगिताको आफ्नो पहिलो खेलमा तीन पटकको विजेता कोलकाता नाईट राईडर्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा कोलकाताले प्रस्तुत गरेको २२१ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा चार विकेट गुमाएर पुरा गरेको थियो ।

    मुम्बईको जितमा रायन रिकेल्टनले सर्वाधिक ८१ रन बनाए । ४ बल खेलेका रिकेल्टनले चार चौका र आठ छक्का प्रहार गरे । उनले पहिलो विकेटको निम्ति ओपनर रोहित शर्मासँग १४८ रनको शतकीय साझेदारी गरेका थिए ।  

    ओपनर रोहित शर्माले ७८ रनको अर्धशतकीय पारी खेले । रोहितले ३८ बलमा समान ६ चौका र छक्का प्रहार गरे । तिलक वर्माले २०, सुर्यकुमार यादवले १६ र हार्दिक पण्ड्याले १८ रन जोडे ।  

    कोलकाताका वैभव अरोरा, सुनिल नराइन र कार्तिक त्यागीले समान एक विकेट लिए ।  त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको कोलकाता नाईट राइडर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२० रनको योगफल खडा गरेको थियो । 

    कोलकाताका निम्ति अजिंके राहानेले ६७ को अर्धकशतकीय इनिङ खेले । ४० बल खेलेका राहानेले तीन चौका र पाँच छक्का प्रहार गरेका थिए । उनले पहिलो विकेटको निम्ति ओपनर फिन एलनसँग ६९ रनको अर्धशतकीय साझेदारी गरेका थिए । 

    चौथो नम्बरमा ब्याटिङ गर्न आएका अंक्रिस रघुवंशीले पनि ५१ रनको अर्धशतकीय पारी खेले । रघुवंशीले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यी दुईले १३ं.३ ओभरदेखि १८.३ ओभरसम्म साझेदारी गर्दै  ६० रन जोडेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend