काठमाडौं। सुवास बमको गोलसँगै नेपालले साफ यु–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेकोे हो। जितसँगै २ खेलबाट ६ अंक जोड्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ।
कप्तान धर्मेन्द्र कुँवरको क्रसमा सुवासले सिक्स यार्ड बक्सबाट हानेको प्रहार गोलमा परिणत भयो। नेपालले नै खेलमा दबाब बनायो। गोल गर्ने केही उत्कृष्ट मौका पनि गुमायो।
सुवासको प्रहार दुई पटक क्रसबारमा लाग्दा उनले थप गोल गर्न सकेनन्। श्रीलंका गोल गर्ने अवसरहरू सिर्जना गर्न नै संघर्ष गर्न पुग्यो।
सेमिफाइनलको सम्भावना बलियो बनाएको नेपालले अन्तिम खेल शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्नेछ। श्रीलंकाको भने ३ अंक छ।

