२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सहीद स्मारक ए डिभिजन लिगःआज तीन खेल हुँदै


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 10.4K
    SHARES

  • सहीद स्मारक ए डिभिजन लिगःआज तीन खेल हुँदै


    काठमाडौं, बैशाख ६ गते । सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछ।दशौं चरणको खेलको दोस्रो दिनमा ६ वटा क्लबसहित तीनवटा खेल हुन लागेको हो । एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

    सो खेल दिउँसो ३ बजे सुरु हुनेछ । जारी लिगमा १३ अंकसहित मच्छिन्द्र तालिकाको आठौँ स्थानमा छ भने ११ अंक जोडेको एपीएफ नवौँ स्थानमा छ। दुवै टिम चौथो जीतको खोजीमा हुनेछन् ।दशरथ रंगशालामै साँझ ६ बजे हुने खेलमा फ्रेण्ड्स क्लब र संकटा क्लब भिडने छन्। जारी लिगमा १५ अंक जोडेर संकटा भने तालिकाको सातौँ स्थानमा छ भने ९ खेलवाट ८ अंक बटुलेर फ्रेण्ड्स पुच्छारबाट दोस्रो स्थानमा छ ।

    उता, अर्को खेल भने लतिपुरको च्यासल मैदानमा ३ बजेवाट सुरु हुनेछ । जुन खेलमा जावलाखेल र नेपाल पुलिस क्लब भिड्ने छन्। जारी लिगमा ९ खेलबाट १७ अंक जोडेको जावलाखेल तालिकाको शीर्ष स्थानमा छ भने समान ९ खेलबाट ५ अंक मात्रै जोडेको पुलिस भने पुछारमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # सहीद स्मारक ए डिभिजन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend