२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कृषि विकास बैंकद्वारा १५०० भन्दा बढीलाई वित्तीय साक्षरता: 'ग्लोबल मनी विक' भव्य रूपमा सम्पन्न


सञ्चार डबली
  • बुधबार, चैत ११ २०८२
  • 2.0K
    SHARES

  • images
    कृषि विकास बैंकद्वारा १५०० भन्दा बढीलाई वित्तीय साक्षरता: 'ग्लोबल मनी विक' भव्य रूपमा सम्पन्न

    काठमाडौं - कृषि विकास बैंक लिमिटेडले “ग्लोबल मनी विक अभियान,२०२६” अन्तर्गत १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

    यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।

    विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनीविक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो । जस अन्तर्गत बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचतगर्ने बानी, कर्जा लगानी, कजाको सदुपयोग, डिजिटल बैंकिङ सेवाहरु, वित्तीय ठगीलगायत विषयमा विद्यार्थी तथा युवाहरुलाई सचेतना एवं अभिमुखीकरण गराएको हो ।

    बैंकले विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । वित्तीय साक्षरता अभियानलाई थप फराकिलो बनाउँदै बैंकले वित्तीय साक्षरता सम्बन्धी विभिन्न सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण पनि गर्दै आएको छ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना र दिगो विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend