२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश


सञ्चार डबली
  • बुधबार, चैत ११ २०८२
  • 2.3K
    SHARES

  • images
    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमहरूको आयोजना गरि मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका  क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । साथै काठमाडौँ  शान्तिनगर स्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि: सहाय सेवा सदनमा आहार बिहार मार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमहरू आयोजना गरिएको छ ।

    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८  शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २२,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend