२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

साफ यू–२० च्याम्पियनसिप : नेपाल र श्रीलंका दोस्रो जितको निम्ति भिड्दै


सञ्चार डबली
  • बुधबार, चैत ११ २०८२
  • 3.6K
    SHARES

  • साफ यू–२० च्याम्पियनसिप : नेपाल र श्रीलंका दोस्रो  जितको निम्ति भिड्दै

    काठमाडौं । माल्दिभ्समा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज (चैत ११) श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । खेलमा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् । 

    समूह ‘ए’ मा रहेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको नेपालले तीन अंक जोडेको छ । नेपालले यसअघि उद्घाटन खेलमा भुटानलाई २–१ ले पराजित गरेको थियो । 

    श्रीलंका भने सोही समूहको शीर्ष स्थानमा छ । एक खेल खेल्दा श्रीलंकाले पनि जित हासिल गर्दै समान तीन अंक जोडेको छ । श्रीलंकाले यसअघि सम्पन्न पहिलो खेलमा घरेलु टोलीलाई ३–२ ले निराश बनाएको थियो ।

    यी दुईबीचको खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा साँझ ६ बजे हुने तालिका छ । आजै प्रतियोगिताअन्तर्गत हुने दोस्रो खेलमा समूह ‘ए’ कै भुटान र माल्दिभ्स जितको खाता खोल्ने लक्ष्यसहित भिड्दै छन् ।

    पहिलो खेलमा हार व्यहोरेका यी दुवै तालिकाको पुछारबाट पहिलो र दोस्रो स्थानमा छन् । माल्दिभ्सले यसअघि श्रीलंकासँग ३–२ को हार व्यहोर्दा भुटानले नेपालसँग २–१ को हार व्यहोरेको थियो । 

    खेल राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार साँझ ९:४५ बजे हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend