२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपालमा सार्वजनिक भयो अल–न्यू जेइको जे–६ टी, अफर मूल्य ६७ लाख


सञ्चार डबली
  • सोमबार, चैत ९ २०८२
  • 3.3K
    SHARES

  • images
    नेपालमा सार्वजनिक भयो अल–न्यू जेइको जे–६ टी, अफर मूल्य ६७ लाख

    काठमाडौं । नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले अल–न्यू जेइको जे–६ टी औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

    सोमबार (चैत ९) राजधानीमा एक कार्यक्रमबीच जे–६ टीको सार्वजनिक शारदा समूहका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडाले गरेका थिए ।

    यो गाडी जस्तोसुकै अप्ठ्यारो सडकमा पनि सजिलै गुड्न सक्नेगरी बनाइएको कम्पनीले जनाएको छ । विश्वप्रसिद्ध ल्याण्ड रोभर डिफेन्डरको बनावटबाट प्रभावित यो गाडी यसको बलियो, आकर्षक र बाकस जस्तो देखिने स्वरूपका कारण चर्चामा छ ।

    कम्पनीले यसको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको भए तापनि सुरुवाती अफर अन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने जनाएको छ ।  

    यसमा विश्वकै उत्कृष्ट ‘सीएटीएल’ कम्पनीको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यसको मोटरले उकालो र कच्ची सडकमा गुडाउन आवश्यक पर्ने उच्च शक्ति (२२० एनएम टर्क) प्रदान गर्छ । 

    JAeco-(1)-1774257873.jpgनयाँ जे–६ टीलाई उत्कृष्ट श्रेणीको विद्युतीय अल–रोडर सवारीका रूपमा प्रस्तुत गरिएको छ । एक पटकको पूर्ण चार्जमा यो गाडीले ४३१ किलोमिटर सम्मको यात्रा तय गर्न सक्ने कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार यसको जमिनदेखिको उचाइ (ग्राउन्ड क्लियरेन्स) २२५ मिलिमिटर रहेको छ, जुन नेपाली कच्ची सडक र अफ–रोडका लागि निकै उत्कृष्ट मानिन्छ ।

    गाडीको भित्री भागमा १५.६ इन्चको ठुलो मुख्य सूचना स्क्रिन, चालकका लागि ९.२ इन्चको डिजिटल डिस्प्ले, ५० वाटको ताररहित (वायरलेस) मोबाइल चार्जर र ८ वटा स्पिकरहरू जडान गरिएका छन् ।

    यसअघि बजारमा आएको जेको जे सिक्सको सफलतापछि कम्पनीले अझ सुधारिएको र शक्तिशाली संस्करणका रूपमा जे सिक्स टी ल्याएको हो ।

    एसपीजी अटोमोबाइल्सले नेपाली ग्राहकहरूलाई नयाँ प्रविधि र भरपर्दो गाडीको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । कम्पनीका अनुसार नयाँ जे–६ टी देशभरका ओमोडा एन्ड जेइकोका आधिकारिक सोरुममा उपलब्ध भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend