२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन : मिलनबाबु मल्ल महासचिव, कोको छन् अन्य सदस्य ?


सञ्चार डबली
  • आइतबार, चैत ८ २०८२
  • 3.3K
    SHARES

  • images
    नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन : मिलनबाबु मल्ल महासचिव, कोको छन् अन्य सदस्य ?

    काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। चैत ८ गते बसेको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले नाडाको विधान २०७१ (संशोधन सहित)अनुसार गत पौष २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो।

    नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्षमा करणकुमार चौधरी, संस्थागत उपाध्यक्षहरूमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्षहरूमा विक्रम सिंहानिया र अभिक ज्योति रहेका छन्।

    त्यसैगरी महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सहकोषाध्यक्षमा निलमणी पाठक चयन भएका छन्। संस्थागत सदस्यतर्फ प्रदेश सदस्यहरूमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा रहेका छन्।

    साधारण सदस्यतर्फ अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह चयन भएका छन्।

    अध्यक्षबाट मनोनित सदस्यहरूमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन्। यसैदिन अध्यक्ष सुरेन्द्रकुमार उप्रेती ले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रम समेत आयोजना गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend