२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ग्लोबल मनी विकको अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्गद्वारा लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • आइतबार, चैत ८ २०८२
  • 3.3K
    SHARES

  • images
    ग्लोबल मनी विकको अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्गद्वारा लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न

    काठमाडौँ / आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ।

    नेपाल धितोपत्र बोर्ड को समन्वयमा ‘स्मार्ट मनी टल्क्स’ नारासहित चैत २ देखि ८ गतेसम्म देशभर सञ्चालन भइरहेको अभियानअन्तर्गत कम्पनीले चैत ८ गते काठमाडौंको नवोदित कलेज, सामाखुसीमा कार्यक्रम आयोजना गरेको हो।

    कार्यक्रममा ं२ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूलाई धितोपत्र बजार, वस्तु विनिमय बजार तथा शेयर लगानीसम्बन्धी आधारभूत ज्ञान, सीप र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण प्रदान गरिएको कम्पनीले जनाएको छ।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल, सहायक प्रबन्धक सृजना बास्कोटा तथा वरिष्ठ अधिकृत राम नारायण तिवारी ले सहजीकरण गरेका थिए। छलफलका क्रममा उठेका जिज्ञासाहरूको समाधान समेत कार्यक्रममै गरिएको थियो।

    कम्पनीका अनुसार यस्ता कार्यक्रमले पूँजी बजारसम्बन्धी शिक्षा विस्तार गर्नका साथै युवाहरूलाई सचेत र जिम्मेवार लगानीकर्ताका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

    उल्लेख्य छ, आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेड को शतप्रतिशत लगानीमा स्थापित संस्था हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend