२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक


सञ्चार डबली
  • आइतबार, चैत ८ २०८२
  • 4.2K
    SHARES

  • images
    नेपाल लाइफ इन्स्योरेन्सद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

    काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा चैत्र ८ गते आयोजित एक समारोहबीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख–बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी तथा कम्पनी सचिव बिनोद कुमार भुजेलले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेका हुन् ।

    सार्वजनिक गरिएको क्यालेन्डरमा बिदाको सूची, विभिन्न पर्व तथा दिवस, पञ्चाङ्ग तिथि र तारिख समावेश गरिएको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्गनिर्देशन गर्ने सञ्चालक पदाधिकारी, कर्मचारी, ग्राहक, बीमा अभिकर्ता, सेयरधनी, नेपाल बीमा प्राधिकरणलगायत नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना दिएका थिए ।

    उनले आगामी दिनमा कम्पनीलाई अझ सशक्त बनाउँदै नवीन प्रविधिको अधिकतम प्रयोगमार्फत ग्राहक सेवाको गुणस्तर थप प्रभावकारी बनाउने योजना ल्याइने बताए । साथै सरोकारवालाहरूको अपेक्षा पूरा गर्न कम्पनी प्रतिबद्ध भएर अघि बढ्ने उल्लेख गरे ।   

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend