२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फोर्थिङद्वारा ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ को घोषणा: ७ लाखसम्मको विशेष सुविधा


सञ्चार डबली
  • बिहीबार , चैत ५ २०८२
  • 4.2K
    SHARES

  • images
    फोर्थिङद्वारा ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ को घोषणा: ७ लाखसम्मको विशेष सुविधा

    काठमाडौं । फोर्थिङ प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई-मोबिलिटी प्रा. लि. ले काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) २०८२ चैत ६ देखि ८ गतेसम्म (२०-२२ मार्च २०२६) आयोजना हुने "फोर्थिङ एक्सचेन्ज फेस्ट" को घोषणा गरेको छ।

    यो सीमित अवधिको एक्सचेन्ज फेस्टले ग्राहकहरूलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी फोर्थिङ फ्राइडेसँगै दिगो र प्रिमियम मोबिलिटीको भविष्यमा प्रवेश गर्ने विशेष अवसर प्रदान गर्दछ।

    ग्राहकहरूले कुल ७ लाख सम्मको बचत गर्न सक्नेछन्, जसमा निम्न सुविधाहरू समावेश छन्:
    •    एक्सचेन्ज बोनस: हालको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्याङ्कन गरी नयाँ गाडीमा अपग्रेड गर्न सहज बनाइने।
    •    नगद छुट: नयाँ Forthing Friday को खरिदमा आकर्षक नगद छुट।
    •    १ वर्षको अटो प्लस बीमा: यात्राको पूर्ण निश्चिन्तताका लागि विस्तृत बीमा कभरेज।
    •    १ वर्षको सडक कर: स्वामित्व प्रक्रियालाई सहज बनाउन एक वर्षको सडक दस्तुर समावेश।
    नि:शुल्क स्पेयर टायर र एसी (AC) चार्जर: कुनै अतिरिक्त शुल्क बिना आवश्यक सामग्रीहरू उपलब्ध।

    लक्ष्मी ई-मोबिलिटी प्रा. लि. का अनुसार:

    "हाम्रो ‘Forthing Exchange Fest’ केवल एउटा प्रवद्र्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम मोबिलिटीको भविष्य अँगाल्न दिइएको निमन्त्रणा हो। ७ लाखसम्मको बचत र बृहत् सुविधा प्याकेजका साथ हामी ग्राहकहरूलाई फोर्थिङ फ्राइडेमार्फत इलेक्ट्रिक क्रान्तिमा सहभागी हुन पहिलेभन्दा अझ सहज बनाउँदैछौँ।"

    ब्रान्डको बारेमा: फोर्थिङ, चीनको अग्रणी सरकारी अटो निर्माता कम्पनी Dongfeng Motor Group को सहायक कम्पनी Dongfeng Liuzhou Motor Co. Ltd. अन्तर्गतको प्यासेन्जर भेहिकल ब्रान्ड हो।

    कम्पनीको बारेमा: लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटी प्रा. लि. नेपालका लागि फोर्थिङ फ्राइडे ईभीको आधिकारिक विक्रेता हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend