२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजदेखि बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला


सञ्चार डबली
  • आइतबार, चैत १ २०८२
  • 3.4K
    SHARES

  • images
    आजदेखि बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला


    काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

    कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसअन्तर्गत १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । त्यसमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका–२, ३ र ४ का बासिन्दाका लागि, ३ लाख १२ हजार कित्ता वडा नं। ५, ६, ७ र ११ का बासिन्दाका लागि तथा २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्लाका अन्य बासिन्दाका लागि छुट्याइएको छ ।

    त्यस्तै, १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    स्थानीयका लागि आवेदन चैत १५ गतेसम्म र ढिलोमा चैत ३० गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ५ गतेसम्म र ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend