२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • बुधबार, फागुन २७ २०८२
  • 3.9K
    SHARES

  • images
    ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ कार्यक्रम सम्पन्न

    काठमाडौँ / इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको विश्वास, समर्पण र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ ।

    उक्त साँझ आयोजना गरिएको औपचारिक सम्मान समारोहमा इनड्राइभ प्लेटफर्ममा दीर्घकालीन प्रतिबद्धता र उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर पार्टनरहरूलाई विशेष रूपमा सम्मान गर्न विभिन्न ड्राइभर पार्टनरहरूलाई एकै ठाउँमा ल्याइएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले उपस्थित सबैलाई स्वागत गर्दै ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रमको महत्वबारे प्रकाश पारिन् । उनले यो कार्यक्रम ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको बताइन्, जुन नेपालमा इनड्राइभका सेवाहरू सञ्चालन हुने मुख्य आधार भएको बताईन् ।

    अवार्ड वितरण समारोह विशेष अतिथि प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । समारोहमा सुनिता जीमी राई, योक्ष द्वि आद्रियान्तो र अनास्तासिया तेरेन्तिएभाले संयुक्तरूपमा विभिन्न विधामा विजेताहरूलाई सम्मान प्रदान गरेका थिए ।

    अवार्डका विधाहरूः

    टप परफर्मिङ ड्राइभर पार्टनर– पाँच वर्ष

    प्लेटफर्मप्रति दीर्घकालीन प्रतिबद्धता र निरन्तर योगदानको कदर गर्दै
    ·  १० जना क्याब विजेता
    ·  १० जना मोटो विजेता
    टप परफर्मिङ ड्राइभर पार्टनर– तीन वर्ष

    निरन्तर उत्कृष्ट सेवा र समर्पणको सम्मान गर्दै
    ·  १० जना क्याब विजेता
    ·  १० जना मोटो विजेता
    टप परफर्मिङ ड्राइभर पार्टनर– २०२५

    सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभर–पार्टनरहरूलाई सम्मान गर्दै
    ·  १० जना पुरुष क्याब विजेता
    ·  १० जना पुरुष मोटो विजेता
    ·  १० जना महिला क्याब विजेता
    ·  १० जना महिला मोटो विजेता

    कुल ८० जना ड्राइभर–पार्टनरहरूलाई उनीहरूको व्यावसायिकता, विश्वसनीयता तथा काठमाडौँमा शहरी यातायातलाई सुदृढ बनाउन गरेको योगदानका लागि सम्मान गरिएको थियो ।

    कार्यक्रमको समापन सत्रमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ्ग लीड योक्षा द्वी एड्रियान्टोले दीर्घकालीन प्लेटफर्म दिगोपनाका लागि सम्मान–आधारित संलग्नताको महत्वमा जोड दिए ।

    ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ जस्ता पहलमार्फत इनड्राइभ नेपालले केवल संख्यामा आधारित प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास र उत्कृष्ट सेवा जस्ता मूल्यहरूलाई पनि सम्मान गर्दै आएको छ, जसले नेपालमा प्लेटफर्मको विकासलाई परिभाषित गर्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend