२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल एसबिआई बैंकद्वारा मधेश प्रदेशका ८०० भन्दा बढी विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग


सञ्चार डबली
  • शुक्रबार, फागुन १५ २०८२
  • 3.8K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकद्वारा मधेश प्रदेशका ८०० भन्दा बढी विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले मधेश प्रदेशमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेशका ८०० भन्दा बढी विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग गरेको छ ।

    बैंकले बारा जिल्लाको जीतपुरसिमरा स्थित, श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवन स्थित, श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराज स्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्घिक अपाङ्गता विद्यालय र रौतहट जिल्लाको चन्द«पुर स्थित श्री दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गरेको हो ।

    बैंकले ती विद्यालयहरूमा व्हाइट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबुल, विद्यालय पोसाक, स्कुल ब्याग र अन्य शैक्षिक तथा खेलकुद सामग्रीहरू सहयोग गरेको जानकारी दिएको छ । यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ । 

    उक्त कार्यक्रमबाट गरिब तथा बिपन्न बर्गका ८०० भन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन् । बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ ।

    नेपाल एसबिआई बैंकले बिगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend