२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल बैंकका ग्राहक र कर्मचारीले सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीमा ५० प्रतिशतसम्म छुट पाउने


सञ्चार डबली
  • आइतबार, फागुन १० २०८२
  • 2.7K
    SHARES

  • images
    नेपाल बैंकका ग्राहक र कर्मचारीले सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीमा ५० प्रतिशतसम्म छुट पाउने

    काठमाडौं- नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई भक्तपुरको राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि.ले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा शुल्कहरूमा डिजिटल कारोबारहरुमा मात्र लागू हुनेगरी बिल रकमको २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । 

    सम्झौता पत्रमा फागुन ८ गते बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. को तर्फबाट ल्याव निर्देशक वेद प्रकाश मिश्रले हस्ताक्षर गरेका हुन् । 

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्नेछन् ।      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend