२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक मनाइँदै


सञ्चार डबली
  • आइतबार, फागुन १० २०८२
  • 2.2K
    SHARES

  • images
    ‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक मनाइँदै


    काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित आगामी चैत २ देखि ८ गते (मार्च १६–२२) सम्म ग्लोबल मनी विक २०२६ मनाउने भएको छ । नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजक (नेशनल कोअर्डिनेटर) को भूमिका निर्वाह गर्दै कार्यक्रम आयोजना गर्न लागेको हो ।

    राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्था लगायत सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहनेछ । राष्ट्र बैंकका अनुसार यो ग्लोबल मनी विकको चौधौँ शृङ्खला हो ।

    बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप तथा सकारात्मक मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वभर यो अभियान सञ्चालन हुँदै आएको छ ।

    हालसम्म १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका तथा युवामाझ यो अभियान पुगिसकेको छ । राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था, शैक्षिक संस्था तथा सरोकारवाला निकायलाई अभियानमा सहभागी भई ग्लोबल मनी विक २०२६ भव्य रूपमा मनाउन आग्रह गरेको छ ।

    साथै, आफ्ना कार्यक्रमसम्बन्धी जानकारी राष्ट्र बैंक, गभर्नरको कार्यालय अन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाको इमेलमार्फत उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend