२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बिहीबार , फागुन ७ २०८२
  • 2.6K
    SHARES

  • images
    बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको हो । 

    महासंघका अनुसार अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको छ । यस्तै, सुनको मूल्य आज प्रतिदश ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँ तोकिएको छ। बुधबार प्रतिदश ग्राम २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ रहेको थियो।

    चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिदश ग्राम चाँदीको मूल्य आज ४ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ भने बुधबार ४ हजार १ सय ८४ रुपैयाँ रहेको थियो।अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend