२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

(नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी सुझावहरू मन्त्रीज्यू समक्ष पेश


सञ्चार डबली
  • बुधबार, फागुन ६ २०८२
  • 2.7K
    SHARES

  • images
    (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी सुझावहरू मन्त्रीज्यू समक्ष पेश

    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८१’ कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक तथा नीतिगत विषयबारे आफ्ना सुझावहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष पेश गरेको छ।

    नाइमाले मापदण्ड अनुसार ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा विभाजन गरिएको र प्रत्येक वर्गका लागि प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी आवश्यक विशिष्टीकरण स्पष्ट रूपमा तोकिएको उल्लेख गरेको छ। ती सबै शर्तहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने व्यवस्था भए पनि व्यवहारमा बाग्मती प्रदेशमा सिडान प्रकारका सवारीलाई मात्र अनुमति दिइएको अवस्था देखिएको संघले जनाएको छ।

    संघले सिडान बाहेकका अन्य उपयोगी र यात्रुमैत्री सवारी साधनलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुको स्पष्ट आधार भने नभएको बताएको छ। मापदण्डमा तोकिएका सबै प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी शर्त पूरा गर्ने विभिन्न वर्गका सवारीलाई अनुमति दिइएमा ट्याक्सी सेवा प्रदायकलाई आवश्यकता अनुसार सेवा सञ्चालन गर्न सहज हुने र यात्रुलाई पनि बढी सुविधा प्राप्त हुने नाइमाको धारणा छ। यसबाट सामान राख्ने पर्याप्त स्थान, अपाङ्गता मैत्री पहुँच र यात्रु समूहको आकार अनुसार विकल्प उपलब्ध गराउन सकिने संघले उल्लेख गरेको छ।

    नाइमाले विश्वका विभिन्न देशमा फरक–फरक आकार र वर्गका सवारी साधन मार्फत ट्याक्सी सेवा सञ्चालन भइरहेको सन्दर्भ प्रस्तुत गर्दै नेपालका केही शहरमा यस्ता सवारीलाई अनुमति दिइएको भए पनि बाग्मती प्रदेशमा विकल्प सीमित हुँदा व्यवहारिक असमानता देखिएको जनाएको छ।

    मन्त्रालयले तयार पारेको नीतिगत ढाँचाको उद्देश्य र भावनाप्रति सम्मान व्यक्त गर्दै नाइमाले उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता तथा सेवा गुणस्तर अभिवृद्धिलाई ध्यानमा राखेर सुझाव प्रस्तुत गरिएको स्पष्ट पारेको छ। सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवद्र्धनका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि संघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend