२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण सम्पन्न


सञ्चार डबली
  • मंगलबार, फागुन ५ २०८२
  • 2.3K
    SHARES

  • images
    ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आइरहेकोमा यस वर्ष संस्करण ३ सम्पन्न गरेको छ । २०८२ भदौ ११ गतेदेखि असोज ३१ गतेसम्म विभिन्न फोटोहरू संकलन गरिएको थियो । 

    यस प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरू खिचेर पठाउनुपर्ने नियमअनुसार विभिन्न फोटोग्राफरहरूमार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए । प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरूमार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्रतियोगिताको मूल्यांकनको लागि छानिएको तीन सदस्यीय निर्णायक समितिमार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो । 
     
    काठमाडौंमा आयोजित उक्त कार्यक्रममा प्रथम, द्धितीय तथा तृतीय स्थान र पब्लिक च्वाइस अवार्ड हासिल गर्ने फाटोग्राफर लाई पुरस्कार वितरण गरिएको हो । 

    उक्त प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोख्रेल तेस्रो हुन सफल भएका छन् । विजेताले प्रमाणपत्रका साथमा क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । सबैभन्दा बढी भोट प्राप्त गरी शर्मनराज भण्डारीले पब्लिक च्वाइस अवार्ड जिते । 

    उनले प्रमाणपत्रको साथै १० हजार रुपैयाँ प्राप्त गरे । यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend