२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कुमारी बैंकले प्राप्त गर्यो अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको ISO/IEC 27001:2022 सूचना सुरक्षा प्रमाणपत्र


सञ्चार डबली
  • मंगलबार, फागुन ५ २०८२
  • 3.7K
    SHARES

  • images
    कुमारी बैंकले प्राप्त गर्यो अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको ISO/IEC 27001:2022 सूचना सुरक्षा प्रमाणपत्र

    काठमाडौँ । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ/आइइसि २७००१ः२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ ।

    आइएसओ÷आइइसि २७००१ः२०२२, इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम (आइएसएमएस) मा मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई अर्गनाइजेसनल (३७), पिपुल (८) फिजिकल (१४) र टेक्नोलोजीकल (३४) मा विभाजन गरिएको हुन्छ । 

    यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी आइएसओ÷आइइसि २७००१ः२०२२ प्रमाणपत्र प्रदान गरिन्छ । 

    यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा जोखिम पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गर्ने बैंकले जनाएको छ ।

    साथै, उक्त प्रमाणपत्रमार्फत बैंकले ग्राहकहरुको तथ्याङ्क सुरक्षित तथा गोप्य राखेको, आवश्यक परेको बेला उपलब्ध गराउने, अनाधिकृत पहुँचबाट जोगाउने गरेको र सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गरिरहेको छ भनि प्रमाणित गर्छ ।

    डिजिटल बैंकिङ्ग सेवाहरूको तीव्र विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता ग्राहक तथा सरोकारवालाहरूको प्रमुख चासोको विषय बनेको अवस्थामा यस बैंकले मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्डहरु लागू गरेको छ । 

    यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले भने, “ग्राहकको विश्वास नै बैंकिङ्ग सेवाको आधार हो । आइएसओ/आइइसि २७००१ः२०२२, प्रमाणपत्र प्राप्त गर्नु  ग्राहकको वित्तीय सूचनाको सुरक्षाप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रतिविम्ब हो । सुरक्षित र विश्वसनीय बैंकिङ्ग वातावरण प्रदान गर्न हामी प्रविधि, जनशक्ति र प्रक्रियामा निरन्तर लगानी गर्दै जानेछौँ ।”

    बैंकले नियमित जोखिम मूल्याङ्कन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन गर्ने संरचना कार्यान्वयन गर्दै आएको छ ।

    बैंकले सूचना सुरक्षा एक पटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको र आगामी दिनहरूमा पनि नियामक मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend