काठमाण्डौ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२६ को अवसरमा विशेष ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम सुरु गरेको छ। फाल्गुन १ देखि ३ गतेसम्म (१३–१५ फेब्रुअरी, २०२६) सञ्चालन हुने यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्राण्डका पुराना गाडीलाई डाउनपेमेन्टका रूपमा राखी टाटा मोटर्सका नयाँ ईभी तथा आइस रेञ्जका गाडीहरु खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार, देशभरका टाटा मोटर्स शोरुममा आयोजना हुने यस अफरमा आकर्षक छुट, एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ, एक वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडान तथा हरेक बुकिङमा विशेष उपहार प्रदान गरिनेछ।
यस अवसरमा ग्राहकले टाटा मोटर्सका नयाँ डिजाइनका अत्याधुनिक गाडीहरु अवलोकन गर्ने तथा टेष्ट ड्राइभ गर्ने सुविधा समेत पाउनेछन्।



