२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा, स्वतन्त्र सञ्चालककाे नियुक्ति अनुमाेदन


सञ्चार डबली
  • बिहीबार , माघ २९ २०८२
  • 4.1K
    SHARES

  • images
    हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा, स्वतन्त्र सञ्चालककाे नियुक्ति अनुमाेदन

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँको नक्सालस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ।

    सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, सोही अवधिको एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

    सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरे र सञ्चालक दीपक नेपालको नियुक्तिलाई पनि सर्वसम्मत अनुमोदन गरेको छ। कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पनि सभाबाट स्वीकृत भएको छ।

    सञ्चालक समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ। साथै, प्रस्तावित विषयहरूमा नियामक निकायबाट कुनै फेरबदल, संशोधन वा परिमार्जनको निर्देशन आएमा सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।

    कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) अनुसार आर्थिक वर्ष २०८१/८२ मा भएको खर्चको अनुमोदन पनि सभाले गरेको छ।

    सभामा कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा सञ्चालक समिति सदस्य प्रमिला केसीले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए। प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीहरूको जिज्ञासाको जवाफ दिँदै कम्पनीलाई आगामी दिनमा अग्रणी बीमा कम्पनीका रूपमा स्थापित गर्न शेयरधनीहरूको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend