२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 


सञ्चार डबली
  • बिहीबार , माघ २९ २०८२
  • 2.6K
    SHARES

  • images
    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 


    काठमाडौं । स्थानीय बजारमा आज तोलामा १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने ५० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल पाँच हजार २९० कायम भएको थियो ।गत मङ्गलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २४० कायम भएको थियो ।

    गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend