२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

टी २० क्रिकेट विश्वकप: अन्तिम ओभर 'सनसनी' पूर्ण बन्दा नेपाल इङ्गल्यान्डसँग ४ रनले पराजित


सञ्चार डबली
  • आइतबार, माघ २५ २०८२
  • 6.5K
    SHARES

  • टी २० क्रिकेट विश्वकप: अन्तिम ओभर 'सनसनी' पूर्ण बन्दा नेपाल इङ्गल्यान्डसँग ४ रनले पराजित

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा इङ्गल्यान्डसँग पराजित भएको छ ।आइतबार भएको खेलमा नेपाल इङ्गल्यान्डसँग ४ रनले पराजित भएको हो । वानखाडे क्रिकेट स्टेडियममा इङ्गल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । 

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान गरे । त्यस्तै लोकेश बम र रोहित कुरमा पौडेलले ३९–३९ रनको योगदान गरे ।

    बलिङतर्फ इङ्ल्यान्डका लागि लिम डसनले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जेकब वेथेल र कप्तान हेरी बेकरले अर्धशतकीय पारी खेले ।

    ३५ बल खेलेका जेकबले ४ चौका र ४ छक्काको सहयोगमा ५५ रन बनाए । त्यस्तै ३२ बल खेलेका हेरीले ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । 

    इङ्ल्यान्डका लागि विल ज्याकले ३९ रन बनाए । बलिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई दुई विकेट लिए । त्यस्तै शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend